+
+

६ वर्षपछि गोहीको गर्धनबाट निकालियो टायर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १२:२६

एउटा गोही विगत ६ वर्षदेखि जीउमा मोटरसाइकलको टाएर बोकेर बाँच्न विवश थियो । अन्ततः एकजना दयालु र साहसी मानिसले उक्त गोहीको गर्धनमा बेरिएकेा उक्त टायर निकालेर गोहीलाई मुक्ति दिलाएका छन् ।

इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा बस्ने तिली नामका ती व्यक्तिले हिम्मत र बहादुरीपूर्वक गोहीको उद्धार गरेर सबैको मत जिते ।

रिपोर्ट अनुसार १३ फिट लामो उक्त गोहीको गर्धनमा सन् २०१६ देखि मोटरसाइकलको टायर फसेको थियो । मध्य सुलावेसी प्रान्तको पालु नदीमा सो गोही ६ वर्षदेखि जिउमा बेरिएको टायरसँग संघर्ष गरिरहेको थियो ।

गोहीको शरीरमा अडि्कएको टायर निकाल्ने ३५ वर्षका तिली नामका ती युवकले रोयटर्ससँग भनेका छन् – म आफैंले गोहीलाई समातें । त्यसका लागि मैले मानिसहरूको सहयोग मागेको थिएँ तर सबैजना डराएका थिए । गोही पक्रिनका लागि मैले जाल बिछ्याएँ र चाराको रुपमा परेवा र कुखुराको प्रयोग गरें । तर गोही दुईपटक मेरो जालबाट फुत्किएको थियो । यद्यपि तेस्रो पटकमा म गोहीलाई पक्रिन सफल भएँ ।

तिलीले प्रयास सुरु गरेको तीन हप्तामा गोहीलाई पक्रिन सफल भएका थिए । उनले गोहीलाई पक्रिए र एउटा सानो आराले उसको गर्धनमा ६ वर्षदेखि बेरिएको टायर काटेर निकालिदिए ।

स्मरण रहोस् सन् २०२० को जनवरीमा मध्य सुलावेसीका संरक्षण अधिकारीहरूले गोहीलाई टायरबाट मुक्त गराउने व्यक्तिलाई पुरस्कारको घोषणा गरेका थिए । तर तिलीले अब पुरस्कार पाउँछन् कि पाउँदैनन् त्यो चाहिं खुलेको छैन ।

यसअघि पनि उनले यस्तै समस्यामा परेका विभिन्न जनावरको उद्धार गर्ने गर्दै आएको हुनाले उनले पुरस्कार नलिने घोषणासमेत गर्नसक्ने बताइएको छ ।

रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?