+
+

कमल थापालाई पार्टीमा फर्किन जबराको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १४:२०

२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्षपशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको बताएका छन् । साथै थापा पार्टीमा फर्किने विश्वास व्यक्त गरे ।

बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअध्यक्ष राणाले अर्का पूर्व अध्यक्ष थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेपनि अस्वीकार गरेको गुनासो गरे ।

उनले भने, सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो ।’

तीनै चरणको निर्वाचनमा गम्भीर भएर सोच्नुपर्ने भन्दै उनले थापालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?