+
+

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १५:५०

२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेश गरिएको हो ।

राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्ने अपेक्षा गरेको बताइन् । महान्यायाधिवक्ता खातीले महान्यायाधिवक्ता कार्यालयका समस्या र समाधानका विषयमा विस्तृतरुपमा प्रतिवेदनमा रहेको र यसको कार्यान्वयन भएमा कानूनको शासन स्थापना भई फौजदारी न्यायप्रशासन प्रभावकारी हुने र पीडितले न्याय पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?