+
+

दल दर्ता गर्दै कमल थापा, हिन्दूराष्ट्र मुख्य एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते २०:३८

२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् ।

बिहीबार काठमाडौंको महाराजगंजमा बसेको थापा नेतृत्वको समूहले दल दर्ता गर्ने निर्णय गरेको छ । र दल दर्ताका लागि आवश्यक सम्पूर्ण काम गर्ने अधिकार थापालाई दिएको छ ।

‘हिन्दूत्व सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्ने निर्णय भएको छ’ थापा निकट नेता राजाराम बर्तौलाले भने ।

उनका अनुसार नयाँ पार्टी राजसंस्थाबारे मौन छ । ‘राजसंस्था छाड्ने नछाड्ने भन्ने कुरा रहेन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने हाम्रो पार्टीको मुख्य एजेण्डा हुनेछ’ बर्तौलाले भने ।

थापा समूहको छलफलमा नयाँ पार्टीको नाम र चुनाव चिह्नका विषयमा समेत छलफल भएको छ ।

बिहीबार उपस्थित अधिकांश नेताहरुले ‘राष्ट्रिय एकता पार्टी’ नाम राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । चुनाव चिह्न हात्ती, आँखा, गुलाब वा कमलको फूल राख्ने प्रस्ताव नेताहरुले राखेका छन् ।

नयाँ पार्टीमा ५० देखि एक सय जनाको केन्द्रीय समिति बनाउने तयारी रहेको नेताहरुले बताएका छन् । पदाधिकारीको संख्या पनि थोरै राख्ने तयारी छ ।

बिहीबारको थापाले बोलाएको छलफलमा राप्रपाका हालका पदाधिकारी र केन्द्रीय सदस्यहरु पनि सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?