+
+

अनन्त तामाङ आईएसएल क्लब इस्ट बंगालमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ९:३६

२८ माघ, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अनन्त तामाङ भारतीय सुपर लिग (आईएसएल) क्लब इस्ट बंगालमा अनुबन्ध भएका छन् ।

थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्दै आएका २४ वर्षीय अनन्त सिजनको बाँकी खेलका लागि इस्ट बंगालमा अनुबन्ध भएका हुन् ।

यदि उनी मैदानमा उत्रिएमा आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुनेछन् । आईएसएलमा जानका लागि थ्री स्टारले अनन्तलाई फुकुवा समेत गरिदिएको छ । अनन्त फ्री ट्रान्सफरमा इस्ट बंगालमा अनुबन्ध भएका हुन् ।

१६ खेलबाट १० अंक मात्र रहेको इस्ट बंगाल दशौं स्थानमा छ । इस्ट बंगालले अब चार खेल मात्र खेल्न बाँकी छ ।

इस्ट बंगालले यही फेब्रुअरी १४ मा केरला ब्लास्टर्ससँग खेल्दैछ भने त्यसपछि फेब्रुअरी २२ मा मुम्बई सिटीसँग खेल्नेछ । अनन्त केही दिनमै आईएसएलका लागि भारत जाने छन् ।

अनन्तले चोटका कारण मरिसस विरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?