+
+

स्टिलजन्य उत्पादनको निर्याततर्फ लम्कियो जगदम्बा

 'गुणस्तरले मन जित्ने, मूल्यमा प्रतिस्पर्धा गर्ने योजना'

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ११:४५

२८ माघ, काठमाडौं । जगदम्बा ग्रुपले केही दिनअघि वीरगञ्जबाट कोलकाता पोर्ट हुँदै ९२ टन कलर कोटेड कोइल्स तथा सिट श्रीलंका निर्यात गर्‍यो । श्रीलंकाली आपूर्तिकर्ताले गरेको अर्डरअनुसार पहिलो पटक ९२ टन कोटेड कोइल्स तथा सिटको डेलिभरी दिएको हो ।

स्टिलको रंगिन पाताको रोल श्रीलंकामा फर्निचरमा प्रयोग गर्ने गरी निर्यात भएको हो । लामो तयारीपछि नेपालबाट पहिलोपटक स्टिलजन्य उत्पादन तेस्रो मुलुकमा निर्यात सम्भव भएको जगदम्बा ग्रुपको निर्यात युनिट प्रमुख अमित खेरले अनलाइनखबरलाई बताए ।

प्रतिस्पर्धी मूल्यमा वस्तु उत्पादन र नयाँ बजारको खोजी गर्दै गर्दा तेस्रो मुलुक निर्यात सम्भव भएको र यसलाई अझ फैलाउँदै लैजानले खेरले बताए । ‘हामीले अहिले निर्यात गरेको उत्पादन श्रीलंकाली सिट फ्याक्ट्रीमा पुगेको छ । रोलमा पठाइएको यो उत्पादन फर्निचरमा प्रयोग गर्ने गरिन्छ,’ खेरले भने । उद्योगको कुल उत्पादन क्षमताको ४० प्रतिशत उत्पादन निर्यात गर्ने गरी उद्योगले काम गरिरहेको उनले बताए । उद्योगको वाषिर्क उत्पादन क्षमता वाषिर्क १.२ लाख टन छ ।

वाषिर्क ठुलो व्यापार घाटा खेपिरहेको नेपालका लागि स्टिलजन्य वस्तु निर्यात खुसीको कुरा भएको जगदम्बा ग्रुपले जनाएको छ । आफ्नो उत्पादन निर्यातका लागि उद्योगले छुट्टै निर्यात युनिट खडा गरेर काम गरिरहेको छ ।

उक्त युनिटका लागि भारतबाट जनशक्ति भित्र्याइएको छ । जगदम्बाको गुणस्तरीय स्टिल उत्पादन नियार्तका लागि आफ्नो १५ वर्ष लामो अनुभव प्रयोग गर्ने खेरले बताए ।

कम्पनीले आफ्नो उत्पादनलाई दक्षिण एशियाली मुलुकका साथै यूरोप र अफ्रिकी मुलुकसम्म पुर्‍याउने गरी मार्केटिङ गरिरहेको उनको भनाइ छ ।

‘हामी पहिले गुणस्तरीय र प्रतिस्पर्धी मूल्यमा जोड दिन्छौं, विभिन्न मुलुकसम्मको पहुँच पाइलट परियोजनाको रुपमा पुरा गर्छौं त्यसपछि व्यवसायिक निर्यातले आकार लिन्छ,’ खेरले भने ।

जगदम्बाको उत्पादन युरोप र अफ्रिकाको बजारले खोज्ने गुणस्तर अनुसारकै भएको भन्दै उनले तेस्रो मुलुकको विश्वास जित्नेगरी आफूहरुले काम गरेको बताए । भारतमा पनि यस्तो वस्तुको उत्पादन हुने भएपनि मूल्य र गुणस्तरमा प्रतिस्पर्धी बनेर भारतीय बजार पनि लिने जगदम्बाको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?