+
+

ओलीले गरे सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १२:३५
सत्यमोहन जोशी । फाइल तस्वीर

२८ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । ओलीले एमाले नेता कृष्णगोपाल श्रेष्ठ मार्फत सन्देश पठाउँदै जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

ओलीको सन्देश लिएर पूर्वमन्त्री श्रेष्ठ आज बिहान जोशीलाई भेट्न किष्ट अस्पताल पुगेका थिए । जोशीसँग भेटको क्रममा श्रेष्ठले पनि शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

भेटपछि श्रेष्ठले एमाले अध्यक्ष ओलीको सन्देश लिएर आफू जोशीलाई भेट्न आएको बताए । जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए । चिकित्सकको टोलीले जोशीको फोक्सोमा जमेको पानी निकालिसकेकाले स्वास्थ्य अवस्था पहिलेको जस्तो जटिल नरहेको उनको भनाइ छ ।

किष्ट अस्पतालले जोशीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । मंगलबार छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि पाटन बखुम्बहालस्थित निवासबाट अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?