+
+

ब्याजदर बढाउने सहमतिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

निर्णय स्थगन गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १९:३२

२८ माघ, काठमाडौं । वाणिज्य बैंकहरुबीच भएको निक्षेपको ब्याजदर बढाउने भद्र सहमतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आपत्ति जनाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले शुक्रबार निक्षेपको ब्याजदर बढाएर ११.०३ प्रतिशत बनाउने भद्र सहमति भएको थियो ।

यो भद्रसहमति भएको समाचार बाहिरिएपछि एफएनसीसीआईले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको छ । यो सहमति तत्काल स्थगन गर्न समेत आग्रह गरिएको छ ।

अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘हरेक त्रैमासमा निक्षेपमा ब्याजदर वृद्धि हुदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने हाम्रो ठहर छ, यसरी ब्याजदरमा अस्थिरता कायम रहंदा मुलुकमा व्यवसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत नहुने हाम्रो बुुझाइ छ’ विज्ञप्तिमा भनिएको छ, ‘विगतका अनुुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा हाम्रो वलियो विश्वास छ ।’

व्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दवावमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा भन्दै क्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याजदर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने महासंघको निष्कर्ष छ ।

‘त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउनेतर्फ हामी सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउछौं’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ अनपेक्षितरुपमा गरिएको निक्षेपमा ब्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउं पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघ राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?