+
+

अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १९:४६

२८ माघ, काठमाडौं । सरकारले अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुखले नेतृत्व गर्ने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यदलको संयोजक राजश्व महाशाखा प्रमुखलाई तोकिएको र सो माहाशाखाको नयाँ जिम्मेवारी सहसचिव भूपाल बराल रहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।

कार्यदलको अन्य सदस्यहरुमा सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्रधिकरण र नेपाल प्रहरीका एक-एक जना उच्च अधिकारीहरु छन् ।

राजस्व अनुसन्धानबाट कार्यदलमा उपमहानिर्देशक टंकप्रसाद पाण्डेय तोकिएका छन् भने नेपाल दूरसञ्चार प्रधिकरणका इन्जिनियर एवम् निर्देशक विजयकुमार रोयसदस्य छन् ।

कार्यदलको सदस्यको रुपमा चयन भएको पत्र आफूले पाएको राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक पाण्डेयले बताए । यता नेपाल राष्ट्र बैंकको कसलाई पठाउने भन्ने निधो गरिनसकेको जनाएको छ । सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीबाट कार्यादलको सदस्य को-को रहने भन्ने  तोकिएको छैन ।

डिजिटल प्रविधिको प्रयोगमार्फत राजस्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो कारोबार नियन्त्रण गर्न विशेष कार्यादल गठन गर्ने घोषणा गरेका थिए ।

क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, हाइपर लगायतका डिजिटल नेटवर्किङ जस्ता अवैध कार्यबाट मुलुकको लगानीयोग्य पूँजी पालायन भइरहेको ठहर गर्दै मन्त्रालयले यसलाई रोक्न यस्तो कार्यादल बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?