+
+

स्वास्थ्य मन्त्रालयमा दुई सचिव, जनसंख्या हेर्ने जिम्मेवारी गुरागाईंलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते १२:३२

२९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुई जना सचिव रहने भएका छन् ।

सरकारले सार्वजनिक खरीद अनुगमन कार्यालयमा रहेकी सचिव देवकुमारी गुरागाईंलाई जनसंख्या हेर्ने गरी स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् । सचिव गुरागाईंले जिम्मेवारी दिएको पुष्टि गर्दै पत्र भने बुझ्न बाँकी रहेको बताइन् ।

‘पत्र बनिसकेको जानकारी पाएको छु । तर, लिन बाँकी छ । सोमबार वा बुधबारबाट मन्त्रालयमा काम सुरु गर्छु,’ उनले अनलाइखबरसँग भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?