+
+

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते १७:१९

२९ माघ, बुटवल । नेपाल मगर संघ रुपन्देहीले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

२०७२ साल असोज २ गतेको मन्त्रिपरिषद बैठकले लखन थापालाई प्रथम शहीद घोषणा गरेपनि व्यवहारमा प्रथम शहीदको सम्मान दिन नसकेको भन्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।

लखन थापा अक्षयकोष रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जहाँनिया राणा शासनविरुद्ध पहिलो जनविद्रोहको सुत्रधार लखन थापालाई सम्मान दिन राष्ट्रिय विभुति घोषणा गर्न माग गरेको हो । त्यस्तै लखन थापाको स्मृति दिवस फागुन २ गतेलाई शहीद दिवसको मान्यता र सार्वजनिक विदा दिन माग पनि गरेको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिका भाषिक उपाध्यक्ष दलबहादुर बीरकट्टामगरले सरकारले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने आश्वासन मात्रै दिएको गुनासो गरे । उनले शहीद गेटमा थापाको पनि शालिक राख्नुपर्ने माग गरे ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष अनबहादुर सोतीले प्रथम शहीद थापाको जीवनीलाई पाठ्यक्रममा समावेश गर्न माग गरे ।

संघ र कोषले १४५ औं लखन स्मृति दिवसको अवसरमा फागुन २ गते बुटवलको राजमार्ग चौराहास्थित लखनचोकसहित रुपन्देहीका विभिन्न स्थानीय तहमा पनि स्मृति सभा गर्ने कार्यक्रम तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?