+
+

वाणिज्य सचिवमा पाण्डे, भट्टराई प्रधानमन्त्री कार्यालयमा सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते ८:५९
सचिव दिनेश भट्टराई

१ फागुन, काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव फेरेको छ ।

मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने उनको ठाउँमा गणेश पाण्डेलाई ल्याइएको छ ।

पाण्डे यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । प्रधानमन्त्री कार्यालयमा आफ्नो सरुवा भएको सचिव भट्टराईले बताए । ‘सरुवाको पत्र बिहीबार बुझें, आज प्रधानमन्त्री कार्यालयमा हाजिर हुन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?