+
+

७ महिनामा पूँजीगत खर्च १६ प्रतिशत मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १४:१०

१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको ७ औं महिना (साउन–माघ) सम्म पूँजीगत खर्च मात्र १६ प्रतिशत पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ २९ सम्म कुल ६० अर्ब ७८ करोड ९६ लाख रुपैयाँ पूँजीगत खर्च भएको छ । यो कुल विनियोजित बजेटको १६.०८ प्रतिशत हो । यो वर्ष सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ बराबरको पूँजीगत खर्चको लक्ष्य राखेको छ । यो लक्ष्यलाई बजेटको अर्धवार्षिक समीक्षाबाट घटाएर ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँमा झारिएको छ । यो कुल विनियोजित लक्ष्यको ९०.०१ प्रतिशत हो ।

महालेखाको तथ्यांक अनुसार आवको ७ औं महिनासम्म कुल बजेट खर्च भने ५ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ बराबरको भएको छ । यसमध्ये चालु खर्च ४ खर्ब ७५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

चालु खर्चभित्र प्रदेश र स्थानीय सरकारलाई गएको अनुदान समेत समावेश हुन्छ । चालु खर्च विनियोजनको तुलनामा ४४.६५ प्रतिशत भएको हो । कुल बजेट खर्चको प्रगति भने ३६.२ प्रतिशत रहेको छ । यसअवधिमा वित्तीय व्यवस्थातर्फ ५४ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ ।

७ महिनामा ५२ प्रतिशत राजस्व संकलन

राजस्व संकलन यो वर्ष लक्ष्य अनुसार भइरहेको छ । यसमा खासगरी भन्सार राजस्वले ठूलो योगदान गरिरहेको छ ।

तथ्यांक अनुसार ७ औं महिना पूरा हुँदा ६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको ५१.९६ प्रतिशत हो । यस वर्ष सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस अवधिमा अनुदान प्राप्ती १३ अर्ब ८८ करोड रुपैयाँको भएको छ । यो लक्ष्यको २३.१७ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?