+
+

व्याजदर वृद्धिको असर सेयर बजारमा, १०० अंकले घट्यो परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १५:४०

१ फागुन, काठमाडौं । निक्षेपको व्याजदर बढाउने बैंकहरुको भद्र सहमतिको असर सेयर बजारमा देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०० अंकले घट्दा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

आइतबार १०२ वटा कम्पनीको सेयर कारोबारमा आउँदा १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । समग्रमा ३.६१ प्रतिशतले घटेको बजारमा परिसूचक १०० दशमलव ६७ अंकले घटेर दुई हजार ७ सय दशमलव ८९ अंकमा झरेको छ ।

आइतबार दोस्रो बजारमा ८१ हजार ८३७ कारोबारमार्फत एक करोड १६ लाख ६१ हजार ५३९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ९७ करोड ७२ लाख हाराहारी रह्यो ।

आइतबार बजारबाट धेरै गुमाउनेमा माथिल्लो तामाकोशी जलविद्युत र नारायाणी विकास बैंकका लगानीकर्ता छन् । यी दुई कम्पनीको सेयर मूल्य आइतबार ८ प्रतिशत भन्दा बढीले घटेको थियो । समग्र बजारमा आइतबार जलविद्युत र लगानी उपसमूहको सेयर पाँच प्रतिशत भन्दा बढीले ओरोलो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?