+
+

विना सुनुवाइ ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए ८ लाख क्षतिपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १६:३६
क्षतिपूर्तिवापतको नेपाली ८ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल । तस्वीरः मनिषा चम्लागाईं

१ फागुन, झापा । कसूरमाथि सुनुवाइविना भारतीय जेलमा ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति पाएका छन् ।

उच्च अदालत, कोकलाताको आदेश अनुसार उनले नेपाली ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले काँकडभिट्टामा आयोजित समारोहमा उनलाई क्षतिपूर्ति रकम बराबरको चेक हस्तान्तरण गरे ।

भारतको उच्च अदालत, कोलकाताले २१ मंसिरमा तिम्सिनालाई भारु ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् ६ साताभित्र दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन भनेको थियो ।

क्षतिपूर्ति रकम पाउने भएपछि दुर्गाप्रसाद आफन्तसमेत रहेका प्रदेश सांसद धिरेन्द्र शर्मा, भतिजा गोपाल तिम्सिनासहित काँकडभिट्टा आएका थिए ।

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए ।

आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।

यो पनि पढ्नुस् 

भारतीय जेलबाट छुटेका दुर्गाप्रसादले घर पुगेर भने – आमा !

४१ वर्षपछि आमा छोराको भेट : झण्डै चिनिनँ ! फोक्से मासु लागेछ

दुर्गाप्रसादको अर्को पीडा : घरमा चारवटा चुल्हा छन्, सबैजसो बिरामी

दुर्गाप्रसादले भने : जेलको भन्दा घरको भात मीठो ! (भिडियोसहित)

हराएको ४० वर्षपछि भारतीय जेलमा दाजुभाइको संवाद

‘दुर्गाप्रसादले लामो लडाइँ जिते, उपचारको दायित्व नेपाल सरकारले लिए हुन्थ्यो’

थुनामुक्त भएपछि दुर्गाप्रसादले गाए ‘रेसम फिरिरी’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?