+
+

राजकुमार क्षेत्रीलाई प्राधिकरणबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ९:४८

२ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यकारी निर्देशक पदबाट अनिवार्य अवकाश दिइएका राजकुमार क्षेत्रीलाई नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

यो आदेशसँगै क्षेत्री आज प्राधिकरणमा हाजिर हुँदैछन् । सर्वोच्चबाट स्टे अर्डर आएकाले आज बिहान कार्यालयमा हाजिर हुन जाने क्षेत्रीले बताए ।

५८ वर्षे उमेर हदका कारण पुस २५ गते अनिवार्य अवकाश पाएको भन्दै प्राधिकरणले क्षेत्रीलाई पत्र दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५६ को दफा १९ अनुसार आफ्नो चार वर्षे कार्यकाल २०८२ कात्तिक ८ गतेमात्र सिद्धिने तर्क गर्दै क्षेत्रीले प्राधिकरणलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

आइतबार न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले ९ फागुनमा विपक्षीलाई समेत छलफलका लागि बोलाएको छ ।

क्षेत्रीको अवकाश पछि सरकारले प्राधिकरणको महानिर्देशक पदमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ । आफूभन्दा पाँच जना वरिष्ठलाई पछि पार्दै महानिर्देशक बनेका अधिकारीले २० माघमा कार्यभार सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?