+
+

‘लप्पनछप्पन २’ फागुन २० गते रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ११:२८

१ फागुन, काठमाडौं । फागुन १३ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई छाडेर चलचित्र ‘लप्पनछप्पन २’ एक सातापछि पुगेको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्र अब फागुन २० गतेबाट देशभर रिलिज हुने भएको छ ।

यो चलचित्र दुई वर्षअघि नै रिलिज हुने पक्का भएपनि कोरोनाका कारण समस्यामा परेको थियो । यसपछि, निर्माणपक्षले बारम्बार प्रदर्शन मिति तय गरेपनि कोरोनाकै कारण चलचित्र रिलिज हुन पाएन । अब भने चलचित्र फागुन २० गतेबाट रिलिज हुने पक्का भएको निर्देशक भट्टले जानकारी दिए ।

यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । एक्सन जनरामा निर्माण भएको यो चलचित्रलाई युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?