+
+

एमसीसी राष्ट्रहितमा छ, अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रन्छ : डा. महत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १२:२६
डा. रामशरण महत । फाइल तस्वीर

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने बताएका छन् ।

राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने महतले बताए ।

‘अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ । यो राष्ट्रको हितमा छ । राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु हुँदैन’, संसदीय दलको बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै महतले भने ।

पूर्वअर्थमन्त्री महतले एमसीसीले दिएको समय, १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने बताए । ‘दिएको सहयोग लिएन भनेर अमेरिकासँग सम्बन्ध बिग्रन सक्छ’ महतले भने, ‘साथसाथै नेपाललाई सबैभन्दा बढी विश्वास गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन ।’

एमसीसी पारित हुँदा चीनले दुःख पाउनुपर्ने कुरा नभएको उनले बताए । बैठकमा नेता महतले एमसीसी इन्डो प्यासेफिक रणनीति अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताएका थिए । तर अहिले जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको भन्दै उनले ती भ्रमहरु चिर्न कांग्रेस सांसदहरुलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?