+
+

बलात्कार मुद्दाका फरार युवक २४ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १४:०६

३ फागुन, काठमाडौं । बलात्कार मुद्दामा फरार रहेका एक युवक २४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत संखुवासभाबाट ५ वर्ष कैद र आधा अंश पीडित महिलालाई दिनुपर्ने भनी फैसला गरेको १७ वर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

संखुवासभाको महालु गाउँपालिका- १ का ४० वर्षीय मिङतेम्बा शेर्पालाई सोमबार काठमाडौंको ठूलो भर्‍याङबाट सोमबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रहरीका अनुसार मिङतेम्बाले २०५४ सालमा सोही ठेगानाकी एक महिलालाई रातको समयमा खेतको काम सकेर फर्कदै गर्दा ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको र २०६१ साल चैत १० गते जिल्ला अदालत संखुवासभाले दोषी ठहर गरेको थियो ।

फैसला कार्यान्वयनका लागि उनलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?