+
+

शर्माको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १५:१३

३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौं कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डा. शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले दिवङ्गत साहित्यकार शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?