+
+

दोहोरो अंकले बढ्यो सेयर बजार

अन्तिम एक घण्टामा उच्च सुधारले सबै उपसमूहमा हरियाली

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १५:३३

३ फागुन, काठमाडौं । अन्तिम एक घण्टामा बजार सुधारिएसँगै मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सय अंकले घटेको बजार सोमबार स्थिर रहेपनि मंगलबार भने ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ ।

कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा आज कुनै परिवर्तन आएन ।

दिनभरजसो झिनो अंकले बढेको बजार अन्तिम घण्टामा बढेपनि कारोबार रकममा भने सुधार भएन । आज कुल कारोबार रकम ३ अर्ब २३ करोड ३३ लाख बराबर रह्यो भने सोमबार ३ अर्ब ६८ करोड बढीको सेयर खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?