+
+

स्वास्थ्यका ८ उच्च अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते ११:०४

४ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौं तहका स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

यसअघि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख रहेका डा. कृष्ण पौडेललाई मन्त्रालयको नीति योजना महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । केही समय अगाडि नीति योजनाका प्रमुख तारानाथ पोखरेलले सरकारी सेवाबाट अवकास पाएका थिए ।

ईडीसीडीमा कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याइएको छ । कोशीमा डा. यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको डा. पोखरेलले जानकारी दिए ।

त्यसैगरी, कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. युवानिधी बसौलालाई दिइएको छ । बरिष्ठ बालरोग विशेषज्ञ बसौला यसअघि भरतपुर अस्पतालमा थिए । कान्तिमा डा. अजित रायमाझी कार्यकारी निर्देशक थिए ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा डा. यदुचन्द्र घिमिरेलाई ल्याइएको छ । उनी हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख थिए । उनको ठाउँमा तालिम केन्द्रमा प्रमुख रहेका केशव पण्डितलाई पठाइएको छ ।

डा. सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रमै फिर्ता गरिएको छ । उनी डेढ महिना अघि केन्द्रीय कारागार अस्पतालमा सरुवा भएकी थिइन् । केन्द्रीय कारागार अस्पतालमा डा. प्रकाशप्रसाद साहलाई जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारी गण्डकीको स्वास्थ्य मन्त्रालयको सचिव भएर गएपछि रिक्त रहेको स्थानमा डा. सञ्जय ठाकुरलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?