+
+

कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १२:०४

४ फागुन, काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न बैठक बोलाएका थिए ।

नियमित संसदमा विरोध प्रदर्शन गर्दै आएको एमाले भने परामर्श समितिको बैठकमा सहभागी भएको छैन । एमसीसीबारे दुई धारमा देखिएको जनता समाजवादीका प्रतिनिधि पनि बैठकमा सहभागी भएका छैनन् ।

संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?