+
+

कार्यव्यवस्थाको बैठकमा जसपा अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १२:२९

४ फागुन, काठमाडौं । संसदको कार्यसूची तय गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ ।

सभामुख अग्नि सापकोटाले आज बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र जसपाका नेता अनुपस्थित भएका हुन् । कार्यव्यवस्था बैठकमा जसपाका प्रमोद शाह आउने गर्दथे । आजको बैठकमा उनी अनुपस्थित रहे ।

एमसीसीको विरोधमा जसपाभित्र दुई धार छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने जनकपुरमा छन् । उनीमाथि एमसीसी छल्न जनकपुरमै रहेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?