+
+

१४ अप्रिलमा ‘जर्सी’ रिलिज हुने, ‘लाल सिंह चड्डा’सँग अक्षयको ‘रक्षा बन्धन’ भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १२:४३

४ फागुन, काठमाडौं । कोरोना महामारीका कारण अनिश्चितकालका लागि प्रदर्शन स्थगित गरेको बलिउड चलचित्र ‘जर्सी’ १४ अप्रिलमा रिलिज हुने भएको छ । चलचित्रका मुख्य अभिनेता शाहिद कपुरले ट्वीट गर्दै ‘जर्सी’ १४ अप्रिलबाट सिनेमा हलहरुमा प्रदर्शन हुने जानकारी दिएका हुन् ।

यो मितिमा साउथ सुपरस्टार यशको बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’ पनि प्रदर्शन हुँदैछ । १४ अप्रिलमा आमिर खानको ‘लाल सिंह चड्डा’ रिलिज नहुने भएपछि यो मितिमा ‘जर्सी’ रिलिज हुने भएको हो । गौतम तिन्ननुरीको निर्देशन रहेको यो चलचित्रमा शाहिद कपुर र मृणाल ठाकुरको मुख्य भूमिका रहेको छ ।

आमिर खान र करिना कपुर अभिनिति ‘लाल सिंह अड्डा’ले भने ११ अगस्टलाई नयाँ रिलिज मिति तोकेको छ । तर यो मितिमा यो चलचित्र सोलो रिलिज हुन भने पाउने छैन । अक्षय कुमार र भूमि पेडनेकर अभिनित ‘रक्षा बन्धन’ पनि यही मितिमा प्रदर्शन हुँदैछ । आनन्द एल रायको निर्देशनमा बनेको यो चलचित्रले यसअघि नै ११ अगस्टलाई प्रदर्शन मिति तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?