+
+

संसद् बैठक ५ मिनेट बसेर स्थगित, एमालेको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १३:३३
प्रतिनिधिसभाको बैठकमा विरोध प्रदर्शन गर्दै एमाले सांसदहरु । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

४ फागुन, काठमाडौं । करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?