४ फागुन, काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कुनै समय एकछत्र राज गरेकी अभिनेत्री निरुता सिंह अहिले पनि सक्रिय छिन् । भलै, आजको दिनमा उनको क्रेज पहिलेको जस्तो छैन । तर पनि उनीसँग काम गर्न निर्माता-निर्देशकको उत्साह अझै पनि उस्तै छ ।
निरुताले आठ वर्षपछि चलचित्र ‘नाइँ नभन्नु ल ५’बाट ठूलो पर्दामा कमब्याक गरिन् । तर उनको कमब्याकलाई दर्शक र मेकरले भने खासै रुचिकर नठानेको देखिन्छ । उनी अहिले एउटा डान्स रियालिटी शोको निर्णायकको रुपमा व्यस्त छिन् ।
निरुतालाई मिडियाले सोध्ने एउटै स्थायी प्रश्न, उनको बिहेको हो । आजसम्म बिहे नगरेकी यी सुन्दरीले अब बिहे कहिले हुन्छ भनेर पनि जवाफ दिने गरेकी छैनन् । बरु उनको बिहेको विषयमा एउटै जवाफ हुने गर्दछ ।
निरुता भन्छिन्, ‘मलाई सबैले बिहे कहिले हुन्छ भनेर मात्र सोध्नुहुन्छ । तर बिहेका लागि केटा तयार छन् है भनेर कसैले देखाउने गरेको छैन ।’ निरुताले विवाह भनेको माथिबाट नै जुराएर आएको हुने भएकाले समय आएपछि हुने तर्क गरिन् ।
आफूलाई सधैं ‘स्विट १६’ भन्ने गरेकी निरुताको मेन्टेन धेरैका लागि प्रेरणा पनि बन्ने गरेको छ ।
प्रतिक्रिया 4