+
+

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १५:११

४ फागुन, काठमाडौं। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ आचार्यालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

यसअघि मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले गत माघ १४ गते आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी थिइन् ।

सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका व्यक्ति हुन् । शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।

हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?