+
+

‘लप्पनछप्पन २’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १६:३८

४ फागुन, काठमाडौं । चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर रिलिज भएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतलाई देखाइएको छ । अर्पणले यो चलचित्रमा फरक भूमिका निभाएका छन् ।

‘लप्पनछप्पन २’ यही फागुन २० गतेबाट सिनेमा हलमा प्रदर्शन हुँदैछ । निर्माण सम्पन्न भएको लामो समय भएपनि कोरोना महामारीका कारण यो चलचित्रको प्रदर्शन मिति पटकपटक सारिएको थियो ।

यसअघिको फागुन १३ गतेलाई रिलिज मिति तोकेको यो चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई छाडेर त्यसको एक सातापछि प्रदर्शनमा आउन लागेको हो । एक्सन जनरामा निर्माण भएको यो चलचित्रलाई युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?