+
+

नेटोले युक्रेनी सीमाबाट रुसी सेना फिर्ता भएको कुरा पत्याएन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १८:५७

४ फागुन, काठमाडौं । नेटो गठबन्धनले युक्रेनी सीमाबाट रुसी फौज फिर्ता भएको खबरप्रति आशंका व्यक्त गरेको छ ।

नेटोले रुसलाई युक्रेनी सिमाना नजिकै तैनाथ फौज फिर्ता भएको प्रमाण देखाउन भनेको छ । नेटो गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसी फौज फिर्ता भएको कुराप्रति आशंका व्यक्त गरेका छन् ।

उनले ब्रसेल्समा नेटो राष्ट्रका रक्षामन्त्रीको बैठक सुरु हुने बेला पत्रकारसँग कुरा गर्दै अझै पनि रुसले युक्रेनी सिमानामा फौज बढाइरहेको बताए ।

‘रुसी सेना फिर्ता भयो/भएन भनेर प्रस्ट भइसकेको छैन’, स्टोल्टेनबर्गले भने, ‘हामीले उनीहरूले फौजको संख्या बढाएको र थप फौज आउँदै गरेको मात्रै देखेका छौं ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत हालसम्म आफ्नो मुलुकको सिमानाबाट रुसी सेना फिर्ता नभएको बताएका छन् । ‘हामीले जे देखेका छौं त्यही भन्छौं र हालसम्म फौज फिर्ता भएको छैन’, जेलेन्स्कीलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

मंगलबार रुसले युक्रेनको सिमानाबाट पहिलो पटक आफ्ना सेना फिर्ता भएको घोषणा गरेको थियो । उक्त घोषणा गरेको एक दिनपछि उसले क्राइमियामा तैनाथ सैन्य अभ्यास समाप्त भएको र आफ्ना सैनिक फर्किएको बताएको छ ।

तर, नेटो गठबन्धनले युक्रेनी सिमानाबाट फौज फिर्ता भएको कुनै प्रमाण नदेखिएको बरू रुसले हमला गर्ने थप तयारी गरेको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?