+
+

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’ वैशाख ९ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते ११:२८

५ फागुन, काठमाडौं । नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र अमेरिकाका विभिन्न सहरमा भने प्रदर्शन भइसकेको छ ।

यो चलचित्र नेपालमा वैशाख ९ गतेबाट प्रदर्शन हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको मुख्य भूमिका छ । साथै, चलचित्रमा अमेरिकाका विभिन्न कलाकार जोरड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।

सूर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा एलिश कार्की र प्रतीक पौडेलको संगीत, प्रताप दास र कविता श्रेष्ठको स्वर छ । ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा ब्यास विस्कुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।

दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रमा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन, कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । अमेरिकाका दर्शकले निक्कै रुचाएको यो चलचित्रलाई नेपालका दर्शकले पनि रुचाउने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?