+
+

फिल्म निर्देशक रेशराज आचार्यको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १२:२६

५ फागुन, काठमाडौं । चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । उनको बुधबार राति ६४ वर्षको उमेरमा निधन भएको चलचित्रकर्मी प्रदीप दाहालले जानकारी दिए ।

आचार्यका श्रीमती र एक जना छोरा छन् । दुवै जना विदेशमा भएकाले उनका दाजु कृष्ण आचार्यले अन्तिम संस्कार गरेका छन् । निर्देशक आचार्य काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।

चलचित्र ‘तिलहरी’बाट निर्देशनको यात्रा तय गरेका उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया, मायाको साइनो, भाग्यले जुरायो, नगद नारायण, धर्मसंकट लगायतका चलचित्र निर्देशन गरेका थिए ।

उनले निर्देशन गरेको अन्तिम चलचित्र ‘प्रीतिको फूल’ हो । उनी नयाँ चलचित्र निर्देशनको तयारीमा समेत थिए । आचार्यले दुश्मन, आमा लगायतका टेलिसिरियलको पनि निर्देशन गरेका थिए । यस्तै उनले ‘सपना, सम्पत्ति, मायालु लगायतका चलचित्रमा सहनिर्देशकको रुपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?