+
+

नेपाल विश्वकपमा छनोट हुन योग्य : सन्दीप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १६:३२

५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टिममा क्षमतावान खेलाडी र सन्तुलित रहेकोले शीर्ष दुई टिमको रूपमा टी-२० विश्वकपमा छनोट हुने बताएका छन् ।

अष्ट्रेलियामा अक्टोबर-नोभेम्बरमा हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायर शुक्रबारदेखि ओमानमा सुरु हुँदैछ । जसमा नेपालसहित ८ राष्ट्रले खेल्नेछन् र शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् ।

नेपालले घरेलु टोली ओमानसँग नै शुक्रबार खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । त्यसअघि कप्तान सन्दीपले बिहीबार आईसीसीसङ्गगको कुराकानीमा नेपाल छनोट हुने सम्भावना रहेको बताए ।

‘हामीले छनोट हुने राम्रो सम्भावना देखेका छौँ । यो फर्म्याटमा हामीले टेष्ट नेशनसँग वा एसोसिएटसँग जो सँग खेले पनि असर गर्दैन । नेपाललाई हराउन अन्य टिमलाई गाह्रो छ’ सन्दीपले भने,’कप्तानको रुपमा मेरो विचारमा मेरो काँधमा ठूलो जिम्मेवारी छ र म यसलाइ एउटा सम्झनलायक क्षण बनाउँन चाहन्छु ।’

सन्दीपको कप्तानीमा नेपालले ओमानमै चारदेशीय सिरिज खेलेको थियो । २१ वर्षीय सन्दीपले राष्ट्रिय टिमको कप्तानी गरेक अनुभव ३ खेल मात्र छ । उनले आफू कप्तान भए पनि सिनियर खेलाडीको पूर्ण समर्थन पाएकोले खासै समस्या नहुने र आफूलाई सहज हुने बताए ।

यस्तै, पुबुदु दासानायके फेरि प्रशिक्षक बनेर आएपछि टिमको बोन्ड राम्रो रहेको सन्दीपले बताए । उनले भने ‘खेलाडीहरू उहाँबाट धेरै प्रभावित भएका छन् । हामी क्वालिफायरका लागि तयार छौँ र खेलाडीहरू राष्ट्रलाई प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित छन् र २०१४ पछि पहिलो पटक विश्वकप छनोट भएर ईतिहास बनाउन चाहन्छन् ।’

नेपालले पुबुदुकै प्रशिक्षणमा २०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको थियो । पुबुदुले चारदेशीय सिरिजबाट राम्रो तयारी भएको र टिम राम्रो सेपमा रहेको बताउँदै आफू खुशी रहेको बताए । यसअघिको तीन खेलबाट ओमानको कन्डिसन बुझ्न सहज भएको प्रशिक्षक दासानायकेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?