+
+

राखेपको कार्यकारी अधिकार पाएका थापा भन्छन् : सबै काम अगाडि बढाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १६:४५

५ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्य-सचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताएका छन् ।

बिहीबार पदवहाली गर्ने क्रममा थापाले भने,’अहिलेको तड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प रुपमा छन् तिनलाई अगाडि बढाउँछु । एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि सुरु हुनुपर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनि सबै अगाडि बढाउँछु । सदस्य-सचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउँछु ।’

थापाले करिब २८ वर्ष आफूले राखेपमै बिताएको बताउँदै भने,‘यहाँका सबै समस्याका बारेमा मलाई जानकारी छ । मैलै बुझ्दैछु भन्न पाउँदिन । जुन ग्यापले हाम्रो समस्यहरू अड्केर बसेका छन् ऐन, कानून, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसँग समन्वय गरी काम गर्नेछु ।’

युवा तथा खेलकुद मन्त्रालयले बुधबार थापालाई राखेपका सदस्य-सचिवको अनुपस्थितिमा सदस्य-सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो ।

साथै, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालाई अधिकार प्रत्यायोजन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १२ को खण्ड (ख) बमोजिम उपाध्यक्ष कोइरालालाई अधिकार प्रत्यायोजन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?