+
+

सासुको हत्या आरोपमा बुहारीसहित दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते २१:०९

५ फागुन, दाङ । प्रहरीले घोराही उपमहानगरपालिका- १९ खानिगाउँकी ५५ वर्षीय ईन्द्रकुमारी घर्तीको हत्या आरोपमा उनकी बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्तीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार छिमेकीको घरमा न्वारानको भोज खान गएकी ईन्द्राकुमारी राति अबेरसम्म नफर्केपछि खोजी गर्दै जाँदा उनको शव बिहीबार घर नजिकैको खोल्सामा रगताम्य अवस्थामा फेला परेको थियो ।

घरायसी विवादका क्रममा बुहारी बसन्तीले काठको मुङ्ग्रोले प्रहार गर्दा सासु अचेत अवस्थामा पुगेको र छिमेकी दुर्गा घर्तीको सहयोगमा बारीको डिलबाट खोल्सामा खसाले प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी स्रोतको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?