+
+

कीर्तिपुरमा बुवाको हत्या गरेको आरोपमा २ छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते ९:३९

६ फागुन, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-६ पाण्डेछापका दुई जना आफ्नै बुवाको हत्या आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन् ।

उनीहरुले आफ्नो बुवालाई बिहीबार साँझ साढे ५ बजे प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर हत्या गरेको कीर्तिपुर प्रहरीले जनाएको छ ।

उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?