+
+

मोटरसाइकलकाे ठक्करबाट पूर्वप्रहरी निरीक्षक सिक्देलको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते ११:२०

६ फागुन, काठमाडौं । धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षक (इन्सपेक्टर) मुक्ति सिक्देलको मृत्यु भएको छ ।

राजमार्गको नलाङ बैरेनी खण्डमा मोटरसाइकलको ठक्करबाट मर्निङवाकमा रहेका सिद्धलेक-१ का सिक्देलको घटनास्थलमै मृत्यु भएको हो ।

सिक्देललाई ठक्कर दिई फरार रहेका सिद्धलेक-२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

मगर दुर्घटनासँगै आफूले चलाएको बा.अ.३४ प ५०५२ नम्बरको मोटरसाइकल छाडेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?