+
+

सोमालियामा आत्मघाती बम विष्फोटमा १४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ९:२७

८ फागुन, काठमाडौं । सोमालियामा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा भएको आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

सोमालियाको बेलेडवेन शहरको एक रेष्टुरेन्टमा शनिबार बम विष्फोट भएको थियो । यो विष्फोटमा सुरुमा १० जनाको मृत्यु भएको भनिए पनि अहिले मृतकको संख्या १४ पुगेको द गार्जियनले जनाएको छ ।

सोमालियामा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा बम विष्फोट भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आक्रमणको जिम्मा आतंकवादी समूह अल शबाबले लिएको छ । उसले विज्ञप्ति जारी गरी आफ्नो एक लडाकुले बम विष्फोट गराएको जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हसन धिफ रेष्टुरेन्टको खुला क्षेत्रमा बसेर मानिसहरुले खाने कुरा खाइरहेको बेला बम विष्फोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?