+
+

पल भन्छन्- कहिलेकाहीं त लाग्छ यो क्षेत्रमा किन यति धेरै खट्छु ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ११:३६
अभिनेता पल शाह । फाइल तस्वीर

८ फागुन, काठमाडौं । अभिनेता पल शाहले पछिल्लो दुई वर्षमा हजारभन्दा बढी म्युजिक भिडियोमा काम गरे । म्युजिक भिडियोमा काम गरेका पल सामाजिक सेवामा पनि सक्रिय देखिन्छन् । कोरोना महामारी प्रभावितका लागि खाद्यान्न, लद्याकपडा वितरणदेखि ग्यास सिलिन्डर वितरण गर्दा उनको निकै प्रशंसा भयो ।

म्युजिक भिडियोमा एकछत्र राज गरेका पल बेलाबेलामा गसिपमा पनि मुछिन्छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पलले भने, ‘कहिलेकाहीं त यहाँ दिनभर नभनी मैले किन काम गरिरहेको छु । यति दुःख किन गरेको छु ? विभिन्न काममा सक्रिय रुपमा किन लागेको छु भन्ने पनि लाग्छ । म कुनै पनि कुरामा हतपत बोल्दिनँ । मनमा कुरा राख्छु र त्यसलाई आफैंभित्र हल गर्न खोज्छु ।’

तर यति हुँदाहुँदै पनि आफूमाथि गिरोह नै लागेको देखेर अचम्म लागेको पलले बताए । उनले अगाडि भने, ‘खै मलाई बदनाम गराउन किन एउटा गिरोह नै सक्रिय रुपमा लागेको हो, थाहा छैन । तर कुनै पनि कुरा सुनेपछि एकपटक सम्बन्धित व्यक्तिसँग सोध्नुभयो भने स्पष्ट हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?