+
+

पल र पूजा बागमती सफाइमा, ‘छायाँ’ नाम राखेर गरे वृक्षारोपण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ११:५१

८ फागुन, काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा बागमती सरसफाइ अभियानमा सहभागी भएका छन् । शनिबार बिहान बागमती सफाइ गर्न पुगेका पल र पूजा बागमती किनारामा वृक्षारोपणमा पनि सहभागी भए ।

अभिनेत्री पूजा शर्माले विरुवा रोप्दै त्यसको नाम ‘छायाँ’ राखिन् । शुक्रबारदेखि प्रदर्शन हुन लागेको पल र पूजा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा पूजाले ‘छायाँ’ पात्रको भूमिका निर्वाह गरेकी छन् ।

पूजाले भनिन्, ‘रुख ठूलो भएपछि छहारी दिन्छ । घाममा छायाँ दिने भएकाले रुखको नाम छायाँ राखेका हौं ।’ पलले भने रुखको नाम ‘म यस्तो गीत गाउँछु’ राखे ।

बागमती सरफाइ गर्दै उनीहरुले घरजस्तै खोला, नदी पनि सफा राखे देश नै सफा हुने बताए । पलले सफाइमा लागेका अभियन्ताहरुलाई हौसला दिन बागमती सफाइ र वृक्षारोपणमा सहभागी भएको बताए । पल र पूजाले बागमती सफाइका अभियन्ताहरुसँगै नदीमा थुप्रिएका फोहोर निकालेका थिए ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रमा हरिहर शर्मा, दिनेश डीसी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?