+
+

यार्सागुम्बा र भालुको पित्तसहित कञ्‍चनपुरबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १२:३१

८ फागुन, कञ्चनपुर । प्रहरीले कृष्णपुर नगरपालिका-५ वनदेवी मन्दिर नजिकबाट ५ सय २४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला कन्कासुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कैलाली गोदावरी नगरपालिका-२ अत्तरिया डेरा गरी बस्ने ५७ वर्षीय बृख कामी रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कर्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५ सय ग्राम यार्सागुम्बा बरामद गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?