+
+

रेडपाण्डाको छालासहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १३:२४

९ फागुन, काठमाडौं । रेडपाण्डाको दुई थान छालासहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका-५  का २५ वर्षीय नवराज केसीलाई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्गबाट प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ नयाँ बसपार्क मन्जुश्रीमार्गबाट उक्त छालासहित केसीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका-२ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाइराखेको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले बुझ्दा केसी नयाँ बसपार्कमा बसेको बुझिएकोले सोही स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?