+
+

अनावश्यक ‘फण्डा’ले फिल्मको व्यापारमा असर पारिरहेको त छैन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १७:४१

९ फागुन, काठमाडौं । दशैंमा चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज गर्ने भएपछि निर्देशक शोभित बस्नेतले ‘महानायक’ विवाद झिके । उनले चलचित्रको गीत रिलिज कार्यक्रममा राजेश हमाल नभएर भुवन केसी महानायक भएको तर्क गरे ।

भुवन केसीले शिव श्रेष्ठलाई महानायक भन्दै गर्दा गौरी मल्ललाई शिव र भुवनले नै महानायिका भनिदिए । यो फण्डाले चलचित्रलाई राम्रै फाइदा हुने अपेक्षा शोभितको थियो ।

तर यो विषय उनका लागि ‘ब्याक फायर’ बन्न पुग्यो । चलचित्रको पत्रकार सम्मेलनमा उनले राजेश हमालको फोटो नै राखेर स्पष्टीकरण दिनुपर्ने अवस्था आयो । यसको असर चलचित्रको व्यापरमा देखियो । चलचित्रले बक्स अफिसमा नराम्ररी पछारियो ।

चलचित्रको प्रचारका लागि नयाँ नयाँ फण्डा झिक्दा निर्मातालाई सधैं फाइदा हुन्छ भन्ने पनि हुँदैन । गलत प्रचारको असर चलचित्र ‘चपली हाइट ३’लाई पनि पर्‍यो ।

पुस २ गतेलाई प्रदर्शन मिति तोकेपछि निर्माता अर्जुन कुमार साउथ (दक्षिण भारतीय) चलचित्रमाथि खनिए । साउथ चलचित्र ‘पुष्पा’माथि खनिएका अर्जुनले चलचित्रको प्रदर्शन मिति भने पुस १५ गतेलाई सारे । तर यो मितिमा पनि उनले चलचित्र रिलिज गर्न पाएनन् ।

‘कठपुतली’सँग जुधाउन ल्याएको भन्दै नेपाल चलचित्र संघले आपत्ति जनाएपछि अर्जुन पुस ३० मा चलचित्र रिलिज गर्ने निर्णयमा पुगे । एकातिर साउथ चलचित्रको विषयमा निरन्तर खनिइरहेका अर्जुनले आफ्नै चलचित्रकी नायिका स्वस्तिमा खड्कामाथि पनि आक्रोश पोखे ।

स्वस्तिमा प्रचारमा नहिंड्दा फरक नपर्ने भन्दै उनले आरोप लगाए । कलाकारमाथि लगाएको आरोपले चलचित्रलाई फाइदा होला भन्ने अपेक्षा थियो अर्जुनको । तर उनलाई यो कुराले फाइदा होइन घाटा भयो । दर्शकले ‘चपली हाइट ३’माथि विश्वास गरेनन् ।

चलचित्र नचल्नुमा कोरोना महामारी पनि केही हदसम्म कारण हो । तर अर्जुनको फण्डाको ‘ब्याक फायर’ चलचित्रमाथि परेको देखिन्छ ।

चलचित्रको विषयमा गलत प्रचार गर्दा दर्शक सकारात्मक हुने भन्दा भड्किएका उदाहरण यस अगाडि पनि नदेखिएका होइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?