+
+

एमसीसी विरोधी प्रदर्शनमा हस्तक्षेप भएको भन्दै प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले सोमबार विरोध प्रदर्शन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १८:४८

९ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले सोमबार विरोध प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको एमसीसी विरोधी प्रदर्शनमा झडप हुुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । अनेरास्ववियु क्रान्तिकारीले प्रहरी हस्तक्षेप भएको भन्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

आइतबारको प्रदर्शनका क्रममा घाइते भएकाहरु पनि सोमबारको प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले एमसीसी विरोधी नारा लगाएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?