+
+

सेनाले भन्यो : फास्ट ट्र्याक २०८१ सम्म तयार हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १५:५८

१० फागुन, काठमाडौं । नेपाली सेनाले तराई-मधेध द्रुत मार्ग (फास्ट ट्र्याक) २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी गरेको छ ।

विभिन्न प्याकेजबाट एकै पटक काम अघि बढाएर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले बताए ।

उनका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्‍ममा आयोजनामा २१ प्रतिशत प्रगति हासिल हुनेछ र आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्न अब सुरू हुनेछ । त्यसका लागि डिजाइनको निर्माण सकिएको पोखरेलले बताए ।

मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्‍मेलनमा पोखरेलले भने, ‘डिजाइन रिभ्यूको क्रममा छ । सुरूङ बन्दै गर्दा पुलहरुको निर्माण भने एकै साथ गरिनेछ ।’

बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमै निर्माण सम्पन्न हुने उनले बताए ।

यस्तै फास्ट ट्र्याकको प्रवेश विन्दुको  विषयमा खोकनामा भएको विवादका विषयमा भने माथिल्लो तहबाटै पहल भइरहेको पोखरेलले बताए । उनले भने, ‘खोकनाको ११ किलोमिटर विवाद समाधान भएपछि गर्ने गरी तत्कालका लागि त्यसै छाडिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?