+
+

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

हाइड्रोका लगानीकर्ताले भने कमाए

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १५:२२

११ फागनु, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५ अंकले घटेर २ हजार ७ सय २० दशमलव ४३ अंकमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेको छ ।

कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । दिनभर भएका ४८ हजार ९११ कारोबारबाट २२८ कम्पनीका ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा रोकिएको छ ।

बजार समग्रमा घट्दा हाइड्रोपावर समूह भने बढेको छ । बजार घटेपनि दिब्यश्वरी हाइड्रोपार र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजिटिभ सर्किट नै लागेको छ । दुबै कम्पनीको सेयरमा खरिद चाप देखिंदा मूल्य १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?