+
+

दोषी भए सजाय भोग्न तयार छु : पल शाह

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ९:३८

१२ फागुन, काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।

एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् ।

उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?