+
+

युक्रेनमा मार्शल ल, रुसका ५ विमान खसालेको दाबी

युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेनविरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १३:१५

१२ फागुन, काठमाडौं । युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ ।

विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी युक्रेनी सेनाले गरेको हो ।

‘संयुक्त सेना कमाण्डका अनुसार आज संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेनविरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् ।

गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ । देशको हवाई क्षेत्र बन्द गरिएको छ ।

कीभमा बोरिस्पिल अन्तरर्राष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?