+
+

लगातार हारपछि कोन्टेको निराशा : तलबका लागि मात्र टोटनह्याम बसेको होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १५:३४

१२ फागुन, काठमाडौं । टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेले आफू यो क्लबको व्यवस्थापनका लागि उपयुक्त पात्र नभएको स्वीकारेका छन् । बुधबार राति प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत बर्नलीसँग पराजित भएपछि कोन्टेले निराशाजनक अभिव्यक्ति दिएका हुन् ।

प्रिमियर लिगमा पछिल्ला पाँचमध्ये चार खेल गुमाएको टोटनह्यामलाई ‘राम्रो’ प्रशिक्षकको आवश्यकता रहेको उनको भनाइ छ । ‘यदि प्रशिक्षणमा समस्या हो भने, म छोड्न तयार छु, खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘मैले टोलीलाई राम्रो गर्छु भनेर जिम्मेवारी लिएको थिएँ, तर जति गरे पनि परिवर्तन आएको छैन ।’

उनले वर्नलीसँगको खेलको बारेमा भने केही बोल्न चाहेनन् । ‘मैले यस प्रकारको दुर्दशा यसअघि कहिल्यै देखेको थिइनँ । जति गर्दा पनि खेल सुर्धान सकिनँ । मैले सक्नेजति गरेँ दिनको २० घण्टा क्लबको लागि दिएको छु । जम्मा ४ घण्टा सुत्छु,’ उनले थपे, ‘हरेक पटक खेल राम्रो गर्ने प्रतिबद्धता गछौं । रणनीति पनि राम्रो हुन्छ तै पनि खेल हार्छौ । मेरो लागि यो स्थिति अस्वीकार्य छ । टोटनह्यामजस्तो क्लबले ५ खेलमा ४ खेल हार्नु महाविपत्ति हो ।’

इटालियन प्रशिक्षक कोन्टेले यसअघि इन्टर मिलानको टोली सम्हालेका थिए । २०२१ मा टोटेनह्याम आएयता टिमको प्रदर्शन ओरालो लागिरहेको छ । लगातारको पराजयले क्लबलाई मात्र होइन उनकै करिअरलाई पनि फरक पारेको छ ।

उनले भने, ‘पछिल्ला ५ खेलमा हामीले रेलिगेसन टोली जसरी खेलिरहेका छौं । सायद केही गलत भइरहेको छ,’ कोन्टे भन्छन्, ‘मैले जिम्मेवारी लिएदेखि नै टोटनह्यामको राम्रो सोचेर काम गरिरहेको छु । म यो टोलीमा तलबको लागि मात्र रहन चाहन्न ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?