+
+

युक्रेनको राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते ९:३९

१३ फागुन, काठमाडौं । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ ।

युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।

युक्रेनमा बिहीबारमात्रै विस्फोट गराएर रुसले सैनिक कारबाहीको घोषणा गरेको थियो । त्यहाँका डोनेट्स्क र लुहान्सक दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरिसकेको छ ।

यस्तै, बीबीसीका अनुसार राजधानी किभमा शुक्रबार एउटा रुसी विमान खसालिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सेभेन ए कोशिट्सिआ स्ट्रीटमा एउटा घरनजिक जेट खसेको युक्रेनी अधिकारी एन्टोन हेराश्चेन्कोले बताए।

किभनजिक पर्ने ब्रोभेरी नगरस्थित एउटा सैनिक अखडामाथि रुसले क्रुज क्षेप्यास्त्र प्रहार गर्दा ६ जनाको मृत्यु समेत भएको छ ।

साथै युक्रेनको एउटामा रुसी जल सेनाले कब्जा गरेको त्यहाँका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार त्यहाँ केही सैनिक पनि मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?